पुनर्वास नगरपालिकाको बलभद्र बस्तीमा रहेको जनशक्ति निम्न माविलाई कञ्चनपुरकै पहिलो बन्द हड्ताल मुक्त विद्यालय घोषणा गरिएको छ ।

पुनर्वास नगरपालिकाको बलभद्र बस्तीमा रहेको जनशक्ति निम्न माविलाई कञ्चनपुरकै पहिलो बन्द हड्ताल मुक्त विद्यालय घोषणा गरिएको छ । विद्यालयको पठनपाठन बन्द हड्तालले प्रभावित भई  विद्यार्थीको भविष्य अन्यौलमा पर्न थालेपछि विद्यालयलाई बन्द हडताल मुक्त घोषणा गरिएको हो । विगतमा बन्द हड्तालका कारण विद्यालय क्षेत्र नराम्ररी प्रभावित भएकाले बालबालिकाको पढ्ने नैसर्गिक अधिकार सुरक्षित होस् भनेर बन्द हडताल मुक्त विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर विश्वकर्माले बताउनुभयो । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले विद्यालयलाई बन्द हडतालमुक्त पार्ने कार्यमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले विद्यालयलाई बन्द हड्ताल मुक्त गर्ने कार्य प्रशंसनीय भएकाले यसलाई जिल्लाभरिका विद्यालयमा पु¥याउनुपर्ने बताउनुभयो ।
 

फेसबुक