AboutUs

रेडियो महाकाली एफ एम ९६.२ मेघाहर्र्ज
सुदुरपश्चिमको सच्चा प्रहरी
परिचयः—
कञ्चनपुर जिल्लामा कार्यरत सञ्चारकर्मीहरुद्धारा २०६१ सालमा जिल्ला प्रशासन कार्यलय कञ्चनपुरमा दर्ता गरिएको पश्चिम नेपाल प्रेस एकेडेमी रेडियो महाकालीको सञ्चालक संस्था हो । २०६३ चैत्र २४ गतेबाट प्रशारण सुरु गरेको यस रेडियो स्टेशनको क्षमता ५०० वाट रहेको छ । ९६.२ मेघाहर्ज फ्रिक्वेन्सी रहेको रेडियोको प्रशारण केन्द्र कन्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा नं १८ स्थित बहुमुखी क्याम्पसरोडमा रहेको छ ।
प्रसारण क्षेत्र र श्रोता सङ्ख्या
महेन्द्रनगरमा प्रसारण केन्द्र रहेको यस रडियोको प्रसारण कञ्चनपुर जिल्लाको ९५,कैलाली र डडेल्धुराको ५०,बैतडी र डोटीको ३० प्रतिशत भू भागमा स्पष्ट सुन्न सकिन्छ । अछाम,बझाङ र दार्चुलाका केही भू भागमा पनि स्पष्ट रहेको छ ।नेपालका बिभिन्न ठाउ“बाट काम नेपालीहरुको बाहुल्यता रहेको भारतिय शहरहरु पिलिभित,हल्द्धानी, नैनिताल, पिथौरागढ,टनकपुर,बनबासामा पनि प्रशारण स्पष्ट सुन्न सकिन्छ ।२०६४ साल कार्तिक र मंसिर महिनामा गरिएको सर्वेक्षणले यस रेडियोका १२ लाख भन्दा धेरै नियमित श्रोता रहेको देखाएको छ ।
लक्ष्य
रेडियोले समाजको वृहत्तर हितलाई ध्यानमा राखी आफ्रनो यस्तो लक्ष्य निर्धारित गरेको छ ।लोकतान्त्रिक विकासकालागी अत्याबस्यक पारदर्शी,विभेदरहित,सुशासित,लोककल्याणकारी र सम्वृद्ध समाजको निर्माण गर्ने लक्ष्य रहेको छ ।
उद्धेश्य
आफ्नो लक्ष्य प्राप्त गर्न रेडियोले निम्न उद्धेश्यहरु बोकेको छ ।
१. सहि,सन्तुलित र विश्वसनिय र समाचार र प्रशारण गरी समाजलाई सुसूचित गर्ने ।
२. समाजका लागि आबस्यक र उपयोगी शिक्षामुलक कार्यक्रमहरुको उत्पादन र प्रशारण गर्ने ।
३.समाजको स्वस्थ बिकासका लागी स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रशारण गर्ने ।
प्रतिबद्धता
रेडियो महाकालीले आफ्ना लक्ष्य र उद्धेश्यप्रति प्रतिबद्ध छ ।समाजको अग्रगति र सम्बृद्धिका लागि रडियो महाकाली निम्न कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।
१. अभिव्यक्ति स्वतन्त्रता जनताको मौलिक हक हो ।यसको संरक्षणका लागी जस्तोसुकै बलिदान दिनु पर्दछ ।
२. बहुलबादी लोकतान्त्रिक समाजको बिकल्प छैन । कुनै पनि खालको एकाधिकार र अधिनाएकवाद विरुद्ध संघर्ष गर्नै पर्छ ।
३. आधारभुत तहमा पारदर्शिता,शुसासन र स्वशासन बिना समाजले अग्रगति पाउदैन समाजको अग्रगमन सम्झौता रहित शर्त हुनु पर्दछ ।
४. खुल्ला र प्रतिस्प्रर्धी समाज,कानुनी राज्य र समानता नभए कसैको भलो हुदैन समाजको व्यापक हितको लागी रडियोका कार्यक्रमहरु लक्षित हुनुपर्छ ।
५. निष्पक्षता,सन्तुलन र सहिपन आधुनिक पत्रकारिताका मुलभुत सिद्धान्त हुन । यिनै सिद्धान्तको मातहतमा रही रेडियोको सञ्चालन हुनुपर्छ ।
सन्चालन प्रणाली
रेडियोको सञ्चालनका लागी संचालक संस्था पश्चिम नेपाल प्रेस एकेडेमीले आफ्ना सदस्यहरुमध्येबा दुई बर्षका लागी पा“च सदस्यीय रेडियो सञ्चालक समिति गठन गर्दछ । सतिले एकेडेमिद्धारा निर्धारित सम्पादकीय निति र बजार तथा बिज्ञापन नितिको अधिनमा रही रडियोको सञ्चालन गर्दछ । एकेडेमीद्धारा नियुक्त कर्मचारी कार्यकारी निर्देशक व्यबस्थापन तथा प्रशासकिय कामका मुख्य जिम्मेवार अधिकारी हुने तथा सञ्चालक समितिले सम्पूर्ण कर्मचारीहरुको नियुक्ति गर्ने व्यबस्था रहेको छ ।
प्रशारणमा भाषागत संयोजन
रेडियो महाकाली राष्ट्रिय भाषा नेपालीलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा मान्दछ साथै स्थानिय भाषा तथा भाषिकाहरुको संरक्षण र बिकासका लागी सञ्चार माध्यमले जिम्मेवारपुर्ण तरिकाले भुमिका गर्नुपर्छ भन्ने मान्यता राख्दछ । नेपालीलाई प्रशारणको मूल भाषा बनाएर स्थानिए भाषाहरुमा कार्यक्रम तथा समाचार बुलेटिनहरु यसप्रकार प्रशारण भइरहेका छन् ।
रेडियो महाकाली 96.2mhz

महेन्द्र नगर कंचनपुर

क्याम्पस रोड, कटान 18
फोन :099 522114

फेसबुक